मिडियाले ‘हेडलाइन’ बिकाउ बनाउँछन्- सरस्वती लामा, रकस्टार

दृष्टि न्यूज

गायिका सरस्वती लामा एकाएक चेञ्ज भइन् । सांगीतिक क्षेत्रको करिअर सुरु गर्दा उनी एकदमै सामान्य थिइन् । तर, पछिल्लो समय सरस्वती ‘बोल्ड रकस्टार’का रुपमा चिनिन्छिन् । उनको पर्फमेन्स अनि परिहनशैली सबै ‘बोल्ड’ छ । त्यो उनको परिवर्तित रुप र स्टाइल देखेर उनकै सहकर्मी जिब्रो टोक्छन् । तर, यी ‘रकस्टार’लाई लाग्छ, ‘आफू नभएर समय चेञ्ज भएको हो ।’ उनी समयसापेक्षित चलेको बताउँछिन् । तर, ‘बोल्ड पहिरन’ र उछृंगल स्टेज पर्फमेन्सका कारण उनी बेला–बेला विवादमा समेत पर्दै आएकी छन् । ‘उडि जाने हावाले’, ‘उवर्शी’, यो छोरीलाई हेर्दामात्र नक्कली’, ‘भैँसी हात्ती’ जस्ता रक गीत गाएर चर्चामा आएकी गायिका सरस्वती लामासँग एमपी सुब्बाको जम्का भेट :
कस्तो चल्दै छ गायनयात्रा ?
एकदमै राम्रो । गीत रेकर्डिङ र देश–विदेश हुने स्टेज कार्यक्रममै व्यस्त छु । मंगलबार ओमन जाँदैछु । त्यसलगत्तै जापान र कोरियामा मेरो कार्यक्रम छ ।
तपाइँलाई रकस्टार भन्छन् । आफूलाई कस्तो लाग्छ ?
यो दर्शक तथा श्रोताले दिएको उपमा हो । तर, म सबै किसिमका गीत गाउँछु । दर्शकले चाहिँ मेरो रकशैली मन पराउनुहुन्छ । मलाई पनि रकमै रमाउन मन लाग्छ ।
सुरुमा साधारण हुनुहन्थ्यो । हेर्दाहेर्दै बोल्ड भएर आउनु भयो नि ?
म बोल्ड भएकी होइन । यो त समयको माग हो । अझै हामीले दर्शकले चाहेजस्तो दिन सकेका छैनौँ । स्टेज पर्फमेन्स गर्दा दर्शक तथा श्रोता बोल्डमै रमाउन चाहन्छन् । त्यसैले पनि उहाँहरुको चाहनाअनुसार परिवर्तन गरेकी हुँ ।
तपाइँले जुन किसिकको स्टेज पर्फमेन्स गर्दै आउनु भएको छ । त्यो नेपाली समाज सुहाउँदो छ ?
नेपाली समाज पहिलेजस्तो खुम्चिएको छैन । दर्शक/श्रोताको सोचाइ पनि बलिउड र हलिउडको भन्दा कम छैन । स्टेज कार्यक्रम हेर्न आउनेहरु मनोरञ्जनका लागि आउने हो । तर, अझै पनि दर्शकको चाहना र रुचिका हिसाबले प्रस्तुती दिन सकेका छैनौँ ।
तपाइँको डे«स, स्टाइल र पर्फमेन्स हेर्दा हलिउड कपि जस्तो लाग्छ  ?
मलाई हलिउड गायिका निक्की मिनाज, लेडी गागा र साकिराको पर्फमेन्स मन पर्छ । त्यसो भनेर मैले उहाँहरुलाई पर्फमेन्स कपि गरेकी छैन । मैले गर्ने पर्फमेन्स सरस्वती स्टाइल नै हो ।
हलिउड गायिका निक्की मिनाज प्रायः पर्फमेन्स गर्दा विवादित हुन्छिन् नि ?
म पर्फमेन्स गरेर विवादमा आएकी छैन । सबैले रेस्पोन्स गर्छन् । तर, मिडियाले पनि समाचार बिकाउनलाई हेडलाइन विवादित बनाउँछन् । 
गएको माघ महिनातिर पश्चिम नेपालमा प्रहरीले नै तपाइँलगाययत ज्योति मगरलाई पर्फमेन्स गर्न नदिने भनेर कार्यक्रम रोक्न खोज भन्ने समाचार आएको थियो नि ?
कार्यक्रम रोक्न खोजे भन्ने गलत हो । प्रहरी हामीलाई सुरक्षा दिन आएको हो । महोत्सवमा दर्शकको भीड हुँदाखेरी उहाँहरु हामीलाई सुरक्षा दिन त्यहाँ आएका थिए । तर, कार्यक्रम रोक्न होइन ।
पछिल्लो समय मिडियमा प्राय तपाइँको नकरात्मक समाचार आउँछ ?
गसिपहरु आउँछ । तर, त्यसलाई म सकरात्मक रुपमै लिन्छु । गसिपमा पनि हेडलाइन मात्रै त्यस्तो हुन्छ । भित्र राम्रै लेखेको हुन्छ । म सबै मिडियाप्रति सकरात्मक सोच राख्छु । मिडियाकै साथ र सहयोगमा अहिले म यो स्थानमा छु ।
तपाइँले हालै ‘भैँसी हात्ती’ बोलको गीत गाउनुभएको छ । त्यो गीत अलि भल्गर भएन र ?
त्यो गीतमा भल्गर छैन । उक्त गीत मेरो आफ्नै भोगाइ हो । गायन क्षेत्रमा लागेपछि सामाजिक सञ्जालदेखि स्टेज पर्फमेन्स गर्दासम्म के के भोगे, त्यही मैले गाएकी हुँ ।
अब नयाँ के आउँदै छ ?
 दशैं अगाडि दुईटा गीत ल्याउँदै छु । दुवै लोक रक हो । जुन गीत आएपछि एकपटक दर्शकलाई रकिङ बनाउने छ । 
नेपालमा रक गीतको भविष्य कस्तो छ नि ?
समाज आधुनिकतिर ढल्किँदैछ । दर्शक तथा श्रोता पनि आुधनिकतामा समाउन थालेका छन् । मान्छेहरुलाई मनारञ्जन चाहिन्छ । त्यसैले रक गीतको राम्रो भविष्य छ । रक भनेको स्टेज तताउने गीत हो । दर्शक रेडियो र टेलिभिजन सुने जस्तो र हेरेजस्तो होइन । स्टेज अगाडि आएपछि नाच्न चाहन्छन् ।  

Related News