​धरानमा शहरी जलाधार सरक्षणको कार्यक्रम आउने

दृष्टि न्यूज

धरान, ३० वैशाख । नेपाल सरकारको भूसंरक्षण विभागले शहरी जलाधार क्षेत्रको संरक्षणको लागि पाइलट प्रोजेक्ट बनाएर काम गर्ने भएको कुरा भूसंरक्षण विभागका उपसचिवद्धय किशोर अर्याल र प्रकाशसिंह थापाले बताएका छन ।
धनकुटाको एक कार्यक्रम सकेर धरानको सर्दु जलाधार क्षेत्रको निरीक्षण गर्ने क्रममा उपसचिवद्धयले धरानमा पनि सहरी जलाधार क्षेत्रभित्र पर्ने भएकोले  नेपाल सरकारले सर्दु जलाधार क्षेत्रलाई पनि  बजेट विनियोजन गरी संरक्षणको कार्य थाल्न वार्षिक योजनामा नै उल्लेख भइसकेको बताए । सम्भवतः यसै आर्थिक वर्षदेखि सर्दुमा बलौटाको वहावबारे अध्ययन गर्ने र भेडेटारको फोहोर पानी वहाव रोक्ने चेक ड्यामको लागि  अध्ययन गर्ने जानकारी  सर्दु जलाधार क्षेत्रको संरक्षणको काम गर्दै आएको वातावरण तथा पर्यटन विकास केन्द्रको कार्यालयमा आयोजित एक भेटधाट कार्यक्रममा केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रमा पानीको स–सना चेक ड्याम र भेडेटारबाट बगेर जलाधारमा छिर्ने पानीको भेललाई तक्र्याउन आवश्यक भएकोले यसको लागि विभागले यथाशिघ्र पहल गर्न अनुरोध गरेका थिए । 
सर्दु जलाधार क्षेत्रको संरक्षणमा सहयोग र चासो राख्दै आएको इसिमोडका कार्यक्रम सयोजक लक्ष्मी भट्ट र सुनिता रानाभाट र भुसंरक्षणका उपसचिवद्धयबाट मध्ये  सर्दु जलाधारस्थित ओशो आश्रम वरीपरी भएका वातावरणिय सुधारका गतिविधिको निरीक्षण गरेका थिए ।

Related News