​सरकारले तीव्र विकास चाहेको छ : प्रम ओली

दृष्टि न्यूज

काठमाडौं, २ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं का साँसदहरुको सर्वदलीय डेलिगेसनलाई बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनभुएको हो । 
प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल पहाड तराइका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । ‘विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘विकाशका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुदैन ।’
तराइको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । सरकार देशमा सुशासन,भ्रष्टाचार नियन्त्रण,शान्ती सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्ती ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ती सम्भव हुने बताउदै ‘हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ ।’
 देशमा प्रशासनिक खर्च धेरै भएर विकाशमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ । सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा, जनता आवास कार्यक्रम, अन्तर्राष्ट्रियस्तरको सभाहल तथा प्रधानमन्त्रीसँग तराइ मधेस बिशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । 

Related News