एमालेले हरिवन जित्दा बागमती र बरहथवा गुमाउँदै

सर्लाही, ६ असोज । माओवादीले कडा टक्कर दिए पनि एमालेले सर्लाहीको हरिवन नगरपालिकामा जितेको छ । हरिवन नगरपालिकामा एमालेका प्रमुख पदका उम्मेदवार गणेश प्रसाई र उपप्रमुखमा रेणुका पौडेल बिजयी भएका छन् । 
सर्लाहीको इश्वरपुर र लालबन्दीमा पनि एमालेको जित निश्चित देखिएको छ । तर उम्मेदवारी चयन गर्दा स्थानीय जनताको भावनाविपरीत गरिएका कारण एमालेको बलियो संगठन भएको बरहथवा र बागमती गुमाउन पुगेको छ ।

Related News