​भजिर्नियामा सरोज खनाल अभिनित नेपाली चलचित्र ‘पन्चायत’ जनवरी ७ मा प्रदर्शन हुने

दृष्टि न्यूज

भर्जिनिया, २ पुस । नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथावस्तु बनाइएको चलचित्र ‘पन्चायत’ अमेरिकाको भजिर्नियामा जनवरी ७ मा प्रदर्शन हुने भएको छ । 
सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय चलचित्रमा उत्कृष्ट विदेशी भाषाको चलचित्रमा पुरस्कृत चलचित्रको लागि नेपालबाट स्वयम् नायक सरोज खनाल आउने भएका छन् । चलचित्र ‘पन्चायत’ मा शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको छ ।
रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुंगेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला र मुना वन मुख्य कलाकारको रुपमा रहेका छन् ।
डिसी क्षेत्रका नेपाली समुदायलाई यो चलचित्र हेर्न आउन अभिनेता सरोज खनालले नेपालबाटै सबैमा निवेदन गरेका छन् ।

Related News