​राष्ट्रियताको पक्षमा संस्कृतिकर्मी

गायत्री विष्ट । कुनै पनि देशका संस्कृतिकर्मीहरुले स्वतन्त्रता र राष्ट्रियताका पक्षमा आवाज उठाएका, सिर्जना गरेका र आन्दोलनमा होमिएका घटनाहरु हामीले प्रसस्तै अध्ययन गर्न पाउँछौँ  आफ्नो देशमा निरङ्कुशता हावी भएको बेलामा होस् वा अन्य कारणहरुले देश शङ्कटमा परेको बेला होस् त्यसका विरुद्ध संस्कृतिकर्मीहरु आफूमात्र आन्दोलित नभएर नागरिकलाई समेत मोर्चामा गोलबद्ध हुन प्रेरित गर्दछन् । हाम्रो देश नेपालको सन्दर्भमा पनि हामीले यस्ता थुप्रै उदाहरणहरु लिन सक्छौँ । राणा शासनकालमा निरङ्कुशताका विरुद्ध आफ्नो सिर्जना मार्फत् स्रष्टाहरुले जनचेतना जगाउनका लागि बनारसमा पुगेर पत्रिकाहरुका साथै पुस्तकहरु प्रकाशन गरेर नेपालमा अध्ययन गर्न सम्भव बनाएका थिए । त्यस बेलादेखि वर्तमान समयसम्म नै स्वतन्त्रताका लागि नेपालका संस्कृतिकर्मीहरु निरन्तर आफ्नो देशको निरङ्ुशता विरुद्ध र राष्ट्रिय स्वतन्त्रताका पक्षमा आ–आफ्नो सिर्जना मार्फत् मसाल बालि रहेका छन् । राष्ट्रिय स्वतन्त्रताका पक्षमा बुद्धिजिवीहरुले बहस चलाइ रहेका छन् । कलाकारहरुले आ–आफ्ना कुचीमार्फत् कलाहरु सिर्जना गरी रहेका छन् । स्रष्टाचहरुले साहित्य सृजना गरि रहेका छन् । 
वर्तमान समयमा संविधान संशोधनको नाममा नेपालको राष्ट्रिय अस्मिता धरासायी हुने देखेर नेपालको संस्कृतिकर्मीहरु राष्ट्रियताका पक्षमा आन्दोलित भइ रहेका छन् । राष्ट्रियताका पक्षमा आह्वान गरिएका कार्यक्रमहरुमा सहभागी भएर एक्यबद्धता जाहेर गरि रहेका छन् । संस्कृतिकर्मीहरुले एकपटक राजनीतिक पार्टीगत कुरालाई बिर्सिएर सबै नेपाली एक भइ राष्ट्रिय स्वतन्त्रताको पक्षमा लाग्न आह्वान गरि रहेका छन् । यसको उदाहरणको रुपमा हामीले नेकपा एमाले पार्टीका केन्द्रीय अध्यक्ष कमरेड केपी शर्मा ओलीको घरमा यही पुष महिनामा भएको संस्कृतिकर्मीहरुको भेलालाई लिन सक्छौँ । त्यस दिन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवी वैरागी काइला, राष्ट्र कवि माधव घिमिरे, रामेश, मन्जु काँचुली, नगेन्द्रराज शर्मा, रोचक घिमिरे लगायत थुप्रै स्रष्टाहरु नेपालको अस्मिता जोगाउने बारे एक्यबद्धता जाहेर गर्दै आफ्ना सुझाव सल्लाह प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी नेकपा एमालेले नौदल सहित राष्ट्रियताको पक्षमा लाग्न सरकारलाई दवाव दिनको लागि २२ गते गरेको विशाल जनप्रदर्शनमा संस्कृतिकर्मीहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । त्यस दिन नेकपा एमाले पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालको ब्यानर सहित महासङ्घमा आवद्ध सातओटा घटक सङ्गठनका संस्कृतिकर्मीहरु ¥यालीमा सहभागी भएका थिए । राष्ट्रिय गीतहरु बजाउँदै जनप्रदर्शनमा सहभागी हुनु हुनेहरुमा सङ्गीतकर्मीहरु, गीतकारहरु, चलचित्रकर्मीहरु, नाटककारहरु, साहियत्यकारहरु हुनु हुन्थ्यो ।
जनप्रदर्शनका विषयलाई लिएर कुरा हुँदा नेकपा एमाले पार्टीका केन्द्रीय महासचिव कामरेड ईश्वर पोखरेलले भन्नु भयो, “राजनीतिलाई कस्ने पेच किला साहित्य हो भनेर माउत्सेतुङले भन्नु भएकोले मात्र होइन नेपालको सन्दर्भमा हरेक आन्दोलन सफल पार्न संस्कृतिकर्मीहरुको मुख्य भूमिका रहने गरेको छ । यो व्यवहारमा नै पुष्टि भइ सकेको छ । त्यसैले हामीले स्रष्टा संस्कृतिकर्मीहरुको मूल्याङ्कन गरेर विशेष स्थान दिएका छौँ । २००७ सालदेखि २०३६, २०४७, २०६२÷२०६३ सम्म मात्र नभएर संस्कृतिकर्मीहरुले निरन्तर कहिले राजनीतिक आन्दोलनलाई सघाउनु भएको छ । कहिले राष्ट्रियताको पक्षमा भएको आन्दोलनलाई सघाउनु भएको छ । यसको उदाहरण केपी शर्मा ओलीले नेतृत्व गर्नु भएको राष्ट्रियताको पक्षमा भइरहेको आन्दोलनलाई सम्पूर्ण बौद्धिक वर्ग, संस्कृतिकर्मीहरुले एक्यबद्धता जाहेर गर्नुलाई लिन सक्छौ ।
यसैगरी नेपाली स्वाधिनता र अखण्डताका पक्षमा निरन्तर राष्ट्रिय जनसांस्कृतिक महासङ्घ लागि रहने अभिव्यक्ति व्यक्त गर्नु हुँदै महासङ्घका केन्द्रीय अध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कामरेड खगेन्द्र राईले भन्नुभयो, संस्कृतिकर्मीहरुले विदेशी हस्तक्षेपका विरुद्ध राष्ट्र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्ष पोषण गर्दै साझा नेपाली राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्ष पोषण गर्दै साझा नेपाली राष्ट्रियता निर्माणमा महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।
जनसाहित्यिक मञ्च नेपालका महासचिव समालोचक एवम् साहित्यकार विनोद मन्जनले भन्नुभयो, नेपाली सम्पर्क भाषालाई विस्थापित गर्दै हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन खोज्ने खेलले नेपाली साहित्यलाई दीर्घकालिन असर पार्ने देखिन्छ । त्यसका साथै राष्ट्रिय अखण्डतालाई जानसाङ्ख्यिक आक्रमण समेत गर्ने खेलका विरुद्ध साहित्यकार कलाकारहरु आन्दोलनमा लाग्नुको बाहेक विकल्प छैन ।
संविधान संशोधन मार्फत नेपालको राष्ट्रिय अखण्डता खलबलिनुका साथै राष्ट्रिय अस्मितामा आँच आउने देखेर नै अहिले संस्कृतिकर्मीहरुले यसका विरुद्ध जनेचतना जगाउँने कार्य गरि रहेका छन् ।
विगतको सांस्कृतिक आन्दोलनबाट शिक्षा लिँदै स्रष्टाहरु र संस्कृतिकर्मीहरुले एकजुट भएर राष्ट्रियताका पक्षमा वातावरण सिर्जना गर्न अत्यत जरुरी भई सकेको छ ।
मेरी छोरी
सगरमाथा आरोहण गर्छिन्
सगरमाथाको ताज पहिरिएर
तराईका फाँटमा नाँच्छिन् ।
उनको आँगन तराई
घरको गारो पहाड
छानो हिमाल
चारकोसे झाडीलाई बगैँचा ठान्छिन् ।

Related News