सभामुखको नाममा असुली

दृष्टि न्यूज

काठमाडौं । ठूला नेताका विश्वासपात्र कार्यकर्ताहरु सेटिङ मिलाएर कमाउन व्यस्त छन् । तर, नेताले नपत्याएका र कुनै काम पनि नभएका नेकपाका कतिपय कार्यकर्ताहरु भने नेताको नाममा  ठगीधन्दामा लागेका छन् । 
तिनैमध्ये एक हुन् रोल्पाका भरत डाँगी । सभामुख कृष्णबहादुर महरा निकट डाँगीले नेताकै नाम बेचेर कमाउने धन्दा सुरु गरे । महराको कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा उठाए । पछि कुरा महराकहाँ पुगेपछि उनी झस्किए । महानगरीय अपराध महाशाखाका अधिकारीलाई फोन गरेर डाँगीलाई पक्राउ गराएका छन् । 
पैसा बुझाउने व्यक्तिहरु प्रहरीमा पुगेका छैनन् । जसकारण प्रहरीले ठगी मुद्दा चलाउने सकेको छैन । केही सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ  ।
उता एक असईका कारण नेपाल प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग असन्तुष्ट बनेको छ । जुवाखालमा छापा हानी पैसा लुकाएको आरोपमा म्हैपीमा कार्यरत असई बिचित्र थापा मगरलाई काठमाडौं परिसरले छानिबन गरी निलम्बन ग¥यो । तर, त्यससम्बन्धी फाइल अख्तियारले मागेर लागेको छ । 
प्रहरीले आफैं छानबिन गरी विभागीय कारबाही गर्न लाग्दा पनि अख्तियारले फेरि हस्तक्षेप गर्न खोजेको कतिपय प्रहरी अधिकारीको असन्तुष्टि छ । 

Related News