सेडाको २२ औं स्थापना दिवस सम्पन्न

दृष्टि न्यूज

काठमाडौं, २० फागुन । ललितपुरको गोदावरीमा रहेको सूर्योदय शैक्षिक विकास प्रतिष्ठान (सेडा) विद्यालयको २३ स्थापना दिवस भव्य रुपमा मनाइएको छ । 
गोदावरी नगरपालिकाको उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न भेषभुषाका नृत्य, नाटक, विट बकस, गित तथा मार्शल आर्ट प्रदर्शनी गरिएको सो विद्यालयले जनाएको छ । 



तीन दिनदेखि विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयले शनिवार आयोजित कार्यक्रममा बिजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो । विद्यार्थी, अभिभावक, तथा शिक्षक कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा नगरपालिका उपप्रमुख, सल्लाहकार समिति, विद्यालय व्यवस्थापन समिति, विद्यालय सञ्चालक समिति, प्याब्सन ललितपुर, श्रोत व्यक्तिलगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा प्रमुख अतिथी उपमेयर अधिकारीले विद्यालयमा लामो समयदेखि कार्यरत छ शिक्षक÷शिक्षिकालाई दीर्घसेवी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयरथ खड्काले विद्यायलाई नतिजामुखी बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामकाजी बस्न्यातले विद्यार्थीको शैक्षिक स्तरका साथै जीवन उपयोगी शिक्षामा जोड दिएर विद्यालयले नतिजामुखीसँगै सामाजिक शिक्षामा जोड दिएर अघि बढ्ने बताए । 



Related News