​नतिजा त आयो, वेभसाइटमा ट्राफिक जाम, विद्यार्थी तनावमा

दृष्टि न्यूज

काठमाडौं । 
परिक्षा नियन्त्रण कार्यालयले २०७४ सालमा सञ्चालन गरेको एसईई परीक्षाको नतिजा बल्लतल्ल आज साँझ सार्वजनिक ग¥यो । पत्रकारहरुलाई कूल नतिजाको अवस्थाबारे जानकारी दिएर नतिजा सार्वजनिक गरेको भनिए पनि आधिकारिक वेभसाइटहरुमा अपडेट गर्न नसक्दा विद्यार्थीहरुले एसईई परिक्षाको नतिजा प्राप्त गर्न सकेका छैनन् । 
अर्कोतर्फ नतिजा प्रकाशन हुने भनेर प्रचार गरिएको वभेसाटईमा नतिजा आउनुपूर्व नै ट्राफिक जामको समस्या परेको छ । जसका कारण विद्यार्थीहरु अब नतिजा कसरी हेर्ने ? के मा हेर्ने तनावमा परेका छन् ।  
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

Related News