मिस नेपाललाई फर्केर हेर्दा

‘समय महान्, समय बलबान्–सर्वशक्तिमान
समयप्रति सदा रहौ“ आस्थावान
समय निष्ठ बनी गरौ“ समयको अराधना,
समय निष्ठा नै हो ईश्वरीय उपासना
समय नै हो ब्रम्हाण्डको सर्वश्रेष्ठ धर्म
समयानुकूल गरौ“ सदा सर्वोत्कृष्ट कर्म †’
यी पंक्तिहरू मेरो बुबा क्याप्टेन जनकबहादुर राणाका हुन् । आज यो समयको बहाबले मलाई निक्कै परिपक्व तुल्याएको छ । समयस“गस“गै लम्कि“दा नेपाल सुन्दरी प्रतियोगिताले २० औ“ वर्षको खुट्किलो पार गर्दा हिजो जस्तै लाग्छ ।
स्मृतिमा कोरिएका ती क्षणहरू कुनै स्पष्ट छन्, कुनै अस्पष्ट त कुनै धमिलो । आज ती अद्भूत क्षणहरूको अनुभूति गर्दा मन प्रफुल्लित, उत्साहित, रोमाञ्चित त कतै कुण्ठित भएर आउ“छ ।
आइतबार– १३ जुलाई २०१४, ¥याडिसन होटलमा नेपाल सुन्दरीको बीसौं वर्षगा“ठ निक्कै भव्यताका साथ मनाइयो । हिडेन ट्रेजर आयोजकले आयोजना गरिएको बीसौं वर्षगा“ठमा हामी नेपाल सुन्दरीहरू (जो जति नेपालमा छन्) लाई एकत्रित गराएर जुन सम्मान दिनुभयो, वहा“हरूप्रति म लगायत सम्पूर्ण नेपाल सुन्दरीहरू नतमस्तक छौ“ । त्यसै दौरान द हिडेन ट्रेजर संस्थाका अध्यक्ष गोपालसुन्दर कक्षपतिले अप्ठ्यारा र चुनौतीपूर्वक मिस नेपालको लामो यात्राको मन्तव्य सुनाइरह“दा म अचानक मंगलबार २० सेप्टेम्बर १९९४–२०५१ साल आश्विन ४ गतेको भूतकालको भुमरीमा प्रवेश हुन पुगे ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ‘प्रथम नेपाल सुन्दरी’को होड चलिरहेको थियो । सुन्दरी र बुद्धिको मिश्रण † यानी सुन्दरता र बौद्धिकताको लेखाजोखा । मनमा रहेको उद्देश्य, लक्ष्य र त्यसमाथि पापा (क्याप्टेन जेबी राणा)को मलाई घरमा तालिम दि“दा आर्मी कमाण्डमा गर्जेको एक–एक वाणी अझै यी कर्णमा गुन्जिन्छन् । एक दिन वीरगन्जस्थित छपकैया किमरुविनी (घर) मा मलाई तालिम दि“दा अति गर्जन स्वरमा ‘तिम्रो लक्ष्य नै तिम्रो पहिचान बन्ने हो– बुझ्यौं ?’ प्रथम नेपाल सुन्दरी बन्नु मेरो उद्देश्य थियो । त्यसैले यी बचनहरूलाइ मनमा गा“ठो पारी पोका पुन्त्राहरू बोकेर आमा–बाबु–छोरी काठमाण्डू आइपुग्यौं ।
प्रथम नेपाल सुन्दरीको अन्तिम चक्रमा कालो साडी लगाएर हामी तीनै जना प्रतिस्पर्धीहरू (डेक्चन डोल्कर लामा, लतिका मास्के र म रुबी राणा)ले एकै प्रश्नको उत्तर लेखेर दिनुपर्ने थियो । त्यही उत्तरको निर्णयमा निर्णायक मण्डलबाट दोस्रो उपबिजेता, प्रथम उपविजेता र बिजेता नेपाल सुन्दरीको घोषणा गर्नुपर्ने थियो । हामी तीन जनाको भाग्य निर्णय गरिएको खामभित्र बन्द थियो ।
त्यतिबेला दर्शकहरूको आवाज भन्दा यो मनको ढुकढुकीको आवाज चर्को थियो । मुटुले ठाउ“ छोडेर मुखैमा बास बसेको थियो । अर्धमरा जस्तो चिसो ज्यान, अनि प्वाखजस्तै हलुका शरीर कतै ढल्ने पो हो कि भनेर त्रास पनि थियो । र कालो साडीभित्र मामुको रातो पेटिकोट । दर्शकहरूले देख्लान् कि भन्ने लाज पनि थियो । अचानक लडाइ“मा जे आइपर्छ, त्यसलाई डटेर सामना गर्नुपर्छ’ भनी पापाको वाणीले मलाई गर्वका साथ शिर उठाउन र दर्शकमाझ केन्द्रित हुन मद्दत ग¥यो । हरकोही बुद्धिमान र सुन्दर थिए, तर भनिन्छ सगरमाथा प्रत्येकले चढ्द सक्दैन । र, मैले त्यहा“ उभिएर झण्डा गाड्नु छ भनी संकेत मनमनै आफूलाई दिइसकेको थिए“ ।
अब समयले ट्वाक्कै हामी तीनै प्रतिस्पर्धीहरूको भाग्यको खाम उद्घोषकको हातसम्म पु¥याएको थियो । विस्तारै–विस्तारै मञ्चका सबै स्पटलाइट (बत्ती)हरू मन्द हु“दै गयो । दर्शकहरू पनि अब चूपचाप निर्णय सुन्नका लागि निक्कै उत्साहित थिए । ‘दोस्रो अ–बिजेता–डेक्चन डोल्कर लामा’, भन्दा मन फुल्दै आयो । प्रथम उप–बिजेता–लतिका मास्के’…
अब चिसो पूरै मेरो शरीरमा व्याप्त थियो । ‘झ्वाम्म…’ गरेर ठूलो सूर्यझैं मञ्चको बत्ती म माथि प्रज्वलित हुन पुग्यौं । मानौं नवबिहानीका असंख्य किरणहरू मेरा नयनमा बिझाई नया“ पहिचानको स्वागतको लागि ओर्लेको छ । एक दिन मैले आफ्ना बिझाएका नयनहरूलाई चिम्लिराखे । मेरो नया“ पहिचान मैले बनाइसकेको थिए“ । आ“खाहरू नम र रसाएका थिए । ुत्जभ ाचष्कत mष्कक लभउब िज्ञढढद्ध( द्यगदथ चबलक।।। तड्–तड्…तालीको गड्गडाहट, झिलमिल बत्ती, फोटो अनि, अनि यो गर्वले भरिएको लाहुरेको छोरीको मुटु ।
मैले मञ्चमा सर्वप्रथम आफ्ना आमा–बाबुलाई आफ्नो नजिक पाए“ । मेरी आमा चोलो अनि लु¨ी लगाएजस्तै साडी बेरेर रसिलो आ“खा लि“दै मलाई समाती गालामा म्वाईं खानुभयो ।
पापा निक्कै अस्वस्थ डाइबटिजको रोगी हुनु भएकोले पतलुन भिजेको वहा“ले चालै पाउनु भएन । ठूलो छाती फुकाएर मलाई च्याप्प अ“गालो मारी भन्नुभयो, ‘आजदेखि मेरो पहिचान म प्रथम नेपाल सुन्दरीको बाबु भनेर चिनिने भए“ ।’ वहा“ले छातीमा मलाई टसाउ“दा वहा“ निक्कै रन्केर तातो आगो जस्तै हुनुहुन्थ्यो । मैले ठूलो लडाइ“ जितेकोझै“ वहा“को अनुहारको भावले देखाउ“दै थियो ।
पापाको छातीमा टा“सिदा मैले सगरमाथालाई अ“गालेको जस्तै महसुस गरे“ । यो मेरो जीत थियो– मेरो लक्ष्यको–मेरो गन्तव्यको †
सन् २०१४ जुलाई १३ गते बेलुकी तड्–तड्–तड् तालीको गड्गडाहट बज्दै थियो । पछाडिबाट कानैमा सदिक्षा बहिनी (नेपाल सुन्दरी २०१०) ‘दिज्जु, जाउ केक काट्न । गोपाल सरको स्पीच सकिसक्यो ।’
नभन्दै समयको चक्रव्यूहले एक फन्को मारेर मलाई वर्तमानको स्थितिमा उपस्थित गरायो । तर कता–कता यो मन हराएको थियो । मन गहरूंगो थियो, मेरो गुरु– मेरो पापा मैले आफू सामु पाइन ।
जे होस् निक्कै त्रुटि र कमजोरीका साथ हरेस नखाई काठमाण्डू जेसिस आयोजक (१९९७ मा काठमाण्डू जेसिस र द हिडन ट्रेजर)ले नेपाल सुन्दरीको यात्रालाई सुरुवात ग¥यो । २० औ“ वर्षमा प्रवेश गर्दा वहा“हरूले आफ्नो गतिलाई नियमित राखेर सकेसम्म उत्कृष्ट प्रशिक्षणहरू उपलब्ध गराई नेपाल सुन्दरी प्रतियोगितालाई अत्ति नै गौरान्वित बनाएको छ । बामे सर्दै गएको बालक २० वर्षपछि ठम–ठम परेर हिंड्दा भोलिको दिनमा दौडिने छ भनी म विश्वस्त छु ।
हामीहरूले समयलाई बुझ्न सक्यौं र समयस“ग हि“ड्न सक्यौं भने मात्र हामी सफल हुन्छौ । ¥याडिसन होटलमा भएको २० औ“ वर्षगा“ठ कार्यक्रमबाट पुष्टि हुन्छ कि हामी अझै पनि अनुशासित छैनौं समयप्रति । ठीक ८ बजे राति सुरु हुने कार्यक्रम ढिलासुस्ती हु“दै लगभग ९ बजेतिर सुरुवात भयो ।
शायद हामी नेपालीहरूको नया“ सोच सुस्ताएर नै अघि बढ्छ जस्तो मलाई चेत भया 

Related News