​सेक्सपियरको जन्मघरमा ‘आजका लघुकथा’ सार्वजनिक

लन्डन, २५ अगष्ट, २०१७ । विश्वप्रसिद्ध साहित्यकार विलियम सेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आएका साहित्यकार वासुदेव अधिकारी, छविरमण सिलवाल, बेलायतका साहित्यकार डा. रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्तरुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । महान साहित्यकार सेक्सपियरको जन्मघरमा यसरी नेपाली साहित्यको पुस्तक बिमोचन गरिएको पहिलो पटक हो ।
स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्य भन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने विचार राखे ।
श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेका ‘आजका लघुकथा’ मा तेह्र जना प्रतिनिधि लघुकथाकारहरुका पैंसट्ठीवटा लघुकथाहरु समाविष्ट छन् । लघुकथा समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई कथाको विषय बनाइएको छ ।

Related News