नगर प्रमुख शाक्यका लागि बाल्टिमोरमा रात्रि भोज

दृष्टि न्यूज

विजय थापा 
वासिंगटन डिसी ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर स्वागत गरिएको छ । उनलाई बाल्टिमोरस्थित नेपाल हाउसमा भव्य स्वागत गरिएको हो ।
वरिष्ठ लोकगायक तथा महाबाणिज्य दुत प्रेमराजा महतले नगर प्रमुख शाक्यको स्वागतमा बाल्टिमोरमा रात्री भोजन समेत गरे । अमेरिकाको भ्रमणमा आएको काठमाडौं महानगरपालिकाका नगर प्रमुख शाक्यसहित विदेशी अतिथिहरुलाई समेतलाई महाबाणिज्य दुत प्रेमराजा महतलगायत नेपाली समुदाय तथा संघंसंस्थाका प्रतिनिधिहरुले स्वागत गरेका छन् ।


साथै अमेरिका आएको काठमाडौं महानगरपालिकाका टोलीलाई बाल्टिमोर नगर परिषदका प्रमुखलगायत उनका साथमा आएका बिदेशी टोलीका सदस्यहरु, बाल्टिमोरका नेपाली समुदाय, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष अनु श्रेष्ठ वन्त, लाइन्स क्लब अफ बाल्टिमोर नेप्लिजका अध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्वअध्यक्ष कुलमणि आचार्य, वल्ड नेवा अर्गनाइजेसनका अध्यक्ष सिजन सिजन श्रेष्ठलगायतले स्वागत गरेका छन् ।
उक्त अनौपचारिक कार्यक्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यलाई महाबाणिज्य दुत प्रेमराजा तथा संघरसंस्थाका प्रतिनिधिहरुले खादा लगाउनुको साथै लाइन्स क्लब अफ बाल्टिमोरले लाइन्स क्लबको बिल्ला (पिन) समेत प्रदान गरेको थियो । 
शाक्यले आफूले यहाँका राम्रा राम्रा कुरा सिक्ने र महानगर पालिकालाई कसरी व्यवस्थित तथा सुन्दर बनाउन सकिन्छ त्यसबारे आफू लागि पर्ने बताएका । 
नगर प्रमुख शाक्यले आफु र आफ्नो टोली अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न आएको बताए । उनको साथमा नेपालबाट काठमाडौँ महानगरपालिकाको टोली तथा अमेरिकाको भर्जिनिया राज्यको फेड्रिकवर्ग नगरका टोलीसहित उक्त स्वागत तथा रात्री भोजमा उपस्थिति थिए । 
गत बर्ष भर्जिनिया राज्यको फेड्रिकवर्ग शहरका नगरका प्रमुख मेरी क्याथरिन ग्रीन नेपाल पुगेका थिए । नेपालमा हुँदा उनले दुई सहरको भगिनी सम्बन्ध हुने बताएका थिए । नगर प्रमुख शाक्यले कुनै पनि सहरको विकासका लागि सूचना तथा ज्ञानले टेवा पुग्नुको साथै स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताएका छन् ।

Related News