​शंकर पोखरेल, मुख्यमन्त्री नियुक्ति हुदै

दृष्टि न्यूज

रोल्पा, २९ माघ । एमाले स्थायी समिति सदस्य शंकर पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ । आइतबार एमाले र माओवादीले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने पत्र प्रदेशप्रमुखलाई बुझाएलगतै मुख्यमन्त्री नियुक्त प्रक्रिया अघि बढ्ने नेकपा एमाले युबा नेता गोकुल घर्तीमगरले जानकारी दिए ।
‘एमाले र माओबादीका कमरेडहरुले मुख्यमन्त्रीको दावी पेश गरि सक्नुभएको छ ।’ पोखरेल निकट मानिने एमाले नेता गोकुलले बताए । ‘आज बेलुकीसम्म मुख्यमन्त्री नियुक्ति भइसक्नु हुनेछ’ भनले भने ।

Related News