शंकर पोखरेलले बुधवार मुख्यमन्त्रीको शपथ लिने

काठमाडौं, १ फागुन । मध्यनेपालको मुख्य व्यवापारिक केन्द्र अर्थात प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रियामा सुरु भएको छ । 
एमाले केन्द्रीय नेता शंकर पोखरेल प्रदेश नं ५ को मुख्यमन्त्रीको नियुक्ती, शपथ तथा पदभार ग्रहण गर्न मंगलवार त्यसतर्फ जाँदैछन् । प्रदेश नं ५ को संसदीय दलको नेत बनेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र बुझाईसकेका छन् । पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्ती गर्ने तयारी भइरहेको छ । 
मुख्यमन्त्री बन्ने भएपछि एमाले र माओवादीले मन्त्री बन्नेको सूचि समेत तयार गरिसकेका छन् । माओवादीमा मुमाराम खनालसँगै कारवाहीमा परेका कृष्णध्वज खड्का र एमालेका बैद्यनाथ चौधरीलाई मन्त्री बनाउने प्रारम्भिक तयारी भइरहेको छ । मुख्यमन्त्री पोखरेल तथा मन्त्रीहरु खड्का र चौधरीलाई बुधवार नै शपथ ग्रहण गराउने तयारी भइरहेको छ । सो प्रदेशमा सात मन्त्रालय रहनेछन् । त्यस्तै प्रदेश नं ५ को सभामुखमा रुकुमका पूर्ण घर्ती बन्ने सहमति भएको छ । उनी माओवादी कोटामा सभामुख बन्न लागेका हुन् । 
उता, प्रदेश नं ७ को सभामुखमा एमालेको तर्फबाट अर्जुन बहादुर थापा निर्वाचित भएका छन् । सोमबार बसेको प्रदेश नं ७ को बैठकमा थापा निर्विरोध निर्वाचित भएका हुन् । सभामुखमा निर्वाचित थापाले सोमबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सभामुखमा निर्वाचित भएपछि थापाले अभिभावकको भूमिकामा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Related News