​शिवम् सिमेन्टद्वारा महिला भलिबलको सह–प्रायोजन

काठमाडौं, १८ जेठ । वर्षाैंदेखि दिगो निर्माणको लक्ष्य बोकी ग्राहकहरुलाई गुणस्तर पस्कँदै आएको नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लि. ले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सह–प्रायोजन गर्ने भएको छ । उक्त प्रतियोगिता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुन गइरहेको छ ।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा यसलाई बढीभन्दा बढी नेपालीहरुमाझ लैजान, चिनाउन र सबैको सहभागिता बढाउनका निम्ति शिवम् यस कार्यक्रमसँग जुडेको कम्पनीको भनाइ छ । साथै, महिलाहरुलाई प्रोत्साहन दिँदै उनीहरुलाई देशका सबै क्षेत्रहरु लगायत खेलमा पनि अघि बढ्ने हौसला दिन आफ्नो समाजिक उत्तरदायित्वबोध गर्दै कम्पनीले यस कार्यक्रमको सह–प्रायोजन गरेको हो ।
शिवम् सिमेन्ट लि. का तर्पmबाट अध्यक्ष सुरेन्द्रकुमार गोयल तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले सोमबार नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै नेपाली खेलकुद क्षेत्रमा कम्पनीले पहिलो पटक महिला भलिबललाई प्रायोजन गरेको बताए ।
सम्झौताअनुसार शिवम् सिमेन्टका तर्फबाट कार्यक्रमका लागि तीन लाख रुपैयाँको सहयोग प्राप्त भएको छ भने प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथातुललगायतका खर्च पनिशिवम् सिमेन्टले बेहोर्ने छ । साथै, शिवम् सिमेन्टले व्यक्तिगत स्पर्धातर्फको दुई बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्नेछ । जसअन्र्तगत शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने छ ।
नेपालको नं. १ ओपिसि सिमेन्ट बन्न सफलशिवम् सिमेन्ट लि. ISO, ISI, \ URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त कम्पनी हो । कम्पनीले आफ्नो सामाजिक दायित्वबोध गर्दै समयअनुरुप विभिन्न अभियानहरु संचालन गर्नुका साथै देशका विभिन्न असहज परिस्थितिहरुमा पनि निरन्तर सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ र भविष्यमा पनि गरिरहने प्रतिबद्घता ब्यक्त गरेको छ ।

Related News