माग्नेबुढाले सुटिङस्पटमै खसी ढालेपछि ........

दृष्टि न्यूज

काठमाडौं, १७ फागुन । यही फागुन २० गते छोराको ब्रतबन्ध गर्न लागेको कलाकार माग्ने बुढा उर्फ केदार घिमिरेले पोखरामा खसी ढालेर भोज खुवाएका छन् ।
छोराको ब्रतबन्धमा भोज खुवाउन तयारी अवस्थामा रहेको कलाकार घिमिरेले सुटिङ स्पटमै खसी ढालेर होली मनाउँदै भोज खुवाएका हुन् । ‘माग्नेबुढा’ आफ्नै मुख्य भूमिका रहेको फिल्म ‘राम कहानी’को सुटिङ स्पष्टमा बिहिवार करिब २३ हजार पाँच सय रुपैयाँ पर्ने खसी ढालिएको सुटिङ युनिटका सदस्यले जानकारी दिए । 
खासमा निर्मात्री पुजा शर्माले माग्नेबुढाले १० लाख रुपैयाँ पारिश्रमिक लिएको पोल कलाकार तथा सुटिङ युनिटका बीचमा खोलिदिएपछि उनी खसी किन्न थप दवावमा परेको बताइन्छ । काठमाडौंमा छोराको ब्रतबन्धको लागि थप खसी काट्नै पर्ने अवस्थामा रहेका माग्नेबुढाले सुटिङ स्पटमै खसी काटेर भोज खुवाएको चर्चा अहिले राजधानीसम्म पुगिसकेको छ । 
खसी ढालेर खाएका माग्नेबुढा भने २० गते काठमाडौं आउने भएका छन् । अन्य टोली सुटिङस्थलमै भएपनि कलाकार घिमिरे भने छोराको ब्रतबन्ध गर्न २० गते काठमाडौं आएर फर्कने बताइएको छ । माग्नेबुढाले खसी किन्न पाँच हजार निकालेर सबैले मिलेर हाल्ने भन्दै सुरुवात गरेपछि खसी किन्ने योजनाले पूर्णता पाएको र सबै रकम जम्मा भएको सुटिङ स्पटबाट प्राप्त समाचारमा उल्लेख छ ।
पर्यटकीय नगरी पोखराको कालाबाङ भन्ने ठाउँमा भइरहेको छ । रामकहानीको सुटिङ गत फागुन १ गतेबाट सुरु भएको हो । करिब ५० प्रतिशत सुटिङ पुरा हुन लागेको छ ।

Related News