२४ वर्षीया उपमेयर श्रृष्टिको अठोट

नन्दा थापा, बाजुरा २७ असार । २० बर्षअघिको स्थानीय निकायको निर्वाचनमा उनका बुबा (ताराचन्द्र रेग्मी) तत्कालीन कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनी भने त्यतिबेला ४ वर्षकी थिइन् । बुवाको जितको स्मरण भने रहेन सृष्टिलाई । तर, २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भने उनै सृष्टि कोल्टी क्षेत्रको बुढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी रीता सिंहलाई १ सय २८ मतले हराउँदै उनी उपमेयरमा निर्वाचित हुँदा २० बर्षअघि आफ्ना बुवाले देखेका सपना सम्झिएकी छन् ।
बुवा निर्वाचित हुँदा उनी बाल्यावस्थामा थिइन् । सृष्टिलाई बुवा निर्वाचित हुँदाको पल थाहा नभए पनि आफू किशोरावस्थामा ताराचन्द्रले अघि सारेका योजना भने अझै मनमस्तिष्कमा ताजा छन् । कोल्टी क्षेत्रका बासिन्दालाई नुन–चामलको सहज आपूर्ति र सबै गाउँमा सहज घोरेटो पु¥याउने योजना थियो, ताराचन्द्रको । जुन सपना परिमार्जनसहित पूरा गर्ने ध्येयका साथ सृष्टिले स्थानीय सरकारको नेतृत्व सम्हालेकी छन् । ‘अहिले नुनको समस्या त छैन । तर पूर्वाधार विकासको टड्कारो आवश्यकता छ,’ उनले भनिन्, ‘समाजको विकास गर्नु छ ।’ सृष्टि प्राविधिक विषयकी विद्यार्थी हुन् । उनी निर्वाचित पद भने संवैधानिक हो ।  
संविधानले ‘गाउँ तथा नगरपालिकाका उपप्रमुखलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक’ बनाएको छ । उनको मुख्य जिम्मेवारी पनि न्यायीय क्षेत्रकै रहनेछ । तर, उनको योजना भने साँघुरो छैन । कृषिलाई व्यावसायिक बनाउने, गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिने, गाउँमै रोजगारीको सिर्जना गरेर युवालाई गाउँमै सिर्जनशील काममा लगाउने र सडक सञ्जाल विस्तारका मुख्य योजना छन्, सृष्टिसँग । जुन उनका सामु चुनौती समेत हुन् । ‘पढेलेखेका युवालाई देशमा अवसर छैन । गाउँमा त झन कहाँबाट हुनु ?’ शहरबजार र गाउँघरमा प्रायः युवाले यसै भन्छन् ।  पढेपछि राम्रो जागिर खानुपर्छ भन्ने प्रायः को सोच रहेको छ र दैनिक राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको लाम उत्तिकै हुन्छ । तर, सृष्टि भने पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर गाउँ फर्किन् ।  ३ महिना जिल्ला प्राविधिक कार्यालय बाजुरामा करारमा जागिर खाएकी सृष्टिले त्यसलाई पनि त्यतिकै छोडिन् र ‘समाज विकास र बुवाको सपना’ पूरा गर्ने भन्दै खुला राजनीतिमा आइन् । नगरपालिकाको उपमेयरमा चुनाव लडिन् । बुढीनन्दामा एमालेबाट मेयरका उम्मेदवारले पराजय भोगे पनि सृष्टिले पनि कांग्रेस उम्मेदवारलाई हराएर बाजी मारिन् । आफू जागिर खानकै लागि नभई आफ्नो जिल्लाका लागि केही गर्छु भनेर गृहजिल्ला फर्किएको बताउने सृष्टिको नयाँ इनिङ स्थानीय निर्वाचनले ग¥यो । एमालेको भातृ संगठन अनेरास्ववियुकी नेतृसमेत रहेकी सृष्टिलाई स्थानीय निर्वाचन ‘पूर्वाधार विकाससँगै नगरमा आर्थिक समृद्धि’ लाई प्राथमिकता दिने र ‘बुवाको सपना पूरा’ गर्ने  अवसर बन्यो र त्यो अवसरलाई गुमाउन चाहिनन् उनले । ‘बाजुरामा राजनीति गर्छु भनेर आएको होइन् । विकास सूचांकमा ७५औं नम्बरमा रहेको गृहजिल्लामा केही गनुृपर्छ भनेर थुप्रै अवसरलाई तिलान्जली दिँदै आएकी थिएँ,’ सृष्टिले भनिन्, ‘तर बुवाका सपना र मेरा योजना स्थानीय सरकारबाट पूरा हुने ठानेपछि यता लागेकी हुँ ।’  
जसका लागि सृष्टिले राजनीतिक क्षेत्रलाई अंगालिन्
सृष्टिको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक क्षेत्रको हो । सृष्टिका बुबा ताराचन्द्र तत्कालीन कोल्टी गाविसका अध्यक्ष थिए । तर, ‘सशस्त्र द्वन्द्व’ ताका २०६० मा उनका बुबालाई तत्कालीन विद्रोही ‘माओवादीले अपहरण गरेर मारे । शान्ति प्रक्रिया सुरु भएपछि ताराचन्द्रको खप्पर उत्खनन् गरेर ल्याइएको थियो । जुन खप्पर अहिले पनि एमाले जिल्ला पार्टी कार्यालयमा राखिएको छ । उनका काका बलदेव रेग्मी पनि राजनीतिमै छन् । अहिले उनी एमाले बाजुराका सचिव हुन् । सृष्टिका बुवा ताराचन्द्र स्वास्थ्यकर्मीको जागिर छोडेर चुनाव लडेका थिए, २०५४ मा । समाजमा केही गर्नुपर्छ भन्ने उनको सपना थियो । तर, जुन पूरा हुन पाएन । सशस्त्र द्वन्द्वसँगै प्राणत्याग गर्नुप¥यो । २०६० मा ताराचन्द्र मारिएपछि उनको परिवार नेपालञ्ज विस्थापित भएको थियो । तर, मुलुक शान्ति प्रक्रियामा आएपछि परिवार पुनस्र्थापित भयो । नेपालञ्जमा माध्यमिक शिक्षा पढेकी सृष्टिले भने काठमाडौंमा प्लस टू गरिन् र पोखराम इन्जिनियरिङ् । इन्जिनियरिङ गरेर गाउँ फर्किएकी सृष्टि आफ्ना बुवाझंै जागिर छोडेर ‘समाज निर्माण’ को अठोका साथ लागेकी छन् । उपमेयरमा निर्वाचित भएकी सृष्टि भन्छिन्, ‘मूल दायित्व संवैधानिक काम भएपनि विकासको खाका कोरेर त्यसलाई कार्यान्वयनमा लाग्ने योजना हो । त्यसमा मेयरको  मुख्य भूमिका रहनेछ । मेरो साथ ।’  प्राविधिक क्षेत्रकी विद्यार्थी भएकाले पनि सृष्टिसँग अठोट मात्र होइन, ज्ञान र सीप छ । जुन व्यवहारिक रुपमा उतार्न चाहन्छिन् । महिला सशक्तीकरण, छाउपडी प्रथाको अन्त्य, बालविवाहविरुद्धका अभियानलाई पनि प्राथमिकता दिने उनले सुनाइन् ।

Related News