​सिद्धार्थनगरलाई भ्रष्टाचारमुक्त शहर बनाउने नवनिर्वाचित बोर्डको निर्णय

नरेश केसी, भैरहवा, २६ असार । सिद्धार्थनगर भैरहवामा आइतबार नवनिर्वाचित मेयर उपमेयरले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण लगत्तै बसेको पहिलो बोर्ड बैठकले तीन महत्वपुर्ण निर्णय समेत गरेको छ । मेयर हरिप्रसाद अधिकारीको अध्यक्षता, उपमेयर उमा काफ्ले तथा १३ वटै वार्डको वार्ड अध्यक्षहरु, नगरपालिकाका कार्यकारी अधिकृत सहितको सहभागीता रहेको बैठकले शुसान कायम गर्नका निम्ती भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गरि काम गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत देव ज्ञवालीले जनाए ।
बैठकले नगरपालिकाका सेवाग्राहि जनताहरुको गुनासोहरुको सुनुवाइको निम्ती २४ औ घन्टा एउटा हटलाइन फोनसेवा साउन १ गतेबाट सन्चालनमा ल्याउने र वर्षाको समयलाई ध्यानमा राख्दै निम्तन सक्ने डुबान सम्बन्धी समस्या समाधानकालागी हाइअलर्ट रहेने पनि निर्णय गरेको छ ।
मेयर उपमेयरले पदभार ग्रहण लगत्तै बसेको पहिलो बैठकले नगरको समग्र हितलाई ध्यानमा राखेर महत्वपुर्ण निर्णय गरेको एमाले नेता भरत कुमार पाखेरेलले जनाए । 
बैठक अघि पदभार ग्रहण कार्यक्रममा एमाले नेता भरत कुमार पोखरेल, जिवलाल अर्याल , पम्फावति खनाल, पुर्व उपमेयर प्राज्ञ बुंद राना, डा. रामप्रसाद बस्याल, प्रा.डा कपिल लामिछाने, डिल्लीराज भट्टराई, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत के.सी, रुपन्देही इन्चार्ज प्रदीप आचर्य, रुपन्देही अध्यक्ष अमृत गिरी, पत्रकार महासंघ रुपन्देहीका सचिव आरपी आचार्य , लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधब ढुंगाना, नगरपालिकाका अधिकृत तथा कर्मचारी र नागरिक समाजका अगुवा एंव पत्रकारको उपस्थितीति रहेको थियो ।
मेयरउपमेयरलाई नगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीले पदभार ग्रहण गराएका थिए । 
यसैबीच सिनपा १२ मा नवनिर्वाति वडा अध्यक्ष करुन्जन श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन् । वडा सचिव विनोद कर्णको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा नागरिक मन्चका सदस्य शालिकराम पाण्डेले स्वागत, मन्जु पाण्डेको सन्चालनमा भएको थियो । सोही अवसरमा विहीबार नै वडाको बैठक बसी देवकोटाचौंक देखी नयासडक सम्म वृक्षारोपणगर्ने वडाको डुबान ग्रस्त क्षेत्रमा तत्काल मिस्कट गिट्टी हाल्ने निर्णय गरेको शालिकराम पाण्डेले जनाए ।
बैठक नवनिर्वाचित वडा अध्धयक्ष श्रेष्ठको अध्यक्षतामा भएको उक्त बैठकमा वडा सदस्यहरु दुप्रता पनेरु, कुमार गुरुंग, सरोज ठकुरी र सिता कुमारी सुनारको सहभागीता रहेको थियो । यसैबीच सिनपा ३ का नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले पनि विहीबार नै पदभार ग्रहण गरेका छन् । वडा सचिव धनेश गुरुंगले वडा अध्यक्ष तथा सदस्यहरुलाई पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण लगत्तै बसेको वडा बैठकले सिनपा ३ को वडालाई पारदर्शि वडा बनाउने निर्णय गरेको छ । वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा बसेको बैठकले वर्षातको समयमा वडाभित्रको डुबान क्षेत्रमा तत्काल गिट्टी मिस्कट खसाल्ने निर्णय गरेको छ ।  यसैगरी अर्को महिनादेखी सामाजिक सुरक्षाभत्ता घरघरमै पुराउनेगरी व्यवस्थापन गर्ने नीतिगत निर्णय पनि सोही बैठकले गरेको छ । 







Related News