​सिक्किम पुगेर मोदीले नेपाली भाषामा भाषण गरे

दृष्टि न्यूज

काठमाडौं, ८ असोज । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भाषणमा भाषण गरेका छन् । सिक्किममा सोमबार अन्तराष्ट्रिय विमानस्थलको उद्घाटनको क्रममा उनले नेपालीमा भाषण गरेका हुन् । 
सो क्षेत्रमा ठूलो संख्यामा नेपाली भाषीहरु रहेकाले उनीले नेपाली भाषाबाट भाषण सुरु गरेका हुन् । उनले भने, ‘यहाँहरु सबैलाई मेरो तर्फबाट न्यायो अभिभावदन, सिक्किम प्राकृतीक रुपमा अति सुन्दर छ, तपाईहरु पनि असल र सुन्दर हुनुहुन्छ ।’ 
पछि उनले हिन्दी भाषामा भाषण गरेका हुन् । 
नेपालमा आउँदा पनि उनले नेपाली भाषामा भाषण गरेका थिए । 

Related News