सिन्धुलीको जिप दुर्घटनामा ४ को मृत्य, १७ घाइते (नामावली सहित) अपडेट

दृष्टि न्यूज

काठमाडौं/सिन्धुली, ४ फागुन । सिन्धुलीको कच्ची सडकमा भएको सडक दुर्घट्नामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । 
सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट गोलन्जोर गाँउपालिका हिर्दिङतर्फ जाँदै गरेको बा११च २२७५ नम्बरको जीप बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ साउनेपानी सेल्फी डाँडा नजिकै दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय पत्रकार पुस्कर थापाले जनाएका छन् । घटनामा १७ जना घाइते भएका छन् । १२ घाइतेको जिल्ला अस्पताल सिन्धुली र स्थानीय मोर्डन अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर पाँच जनाको थप उपचारको लागि काठमाडौंतर्फ पठाउने कार्य भइरहेको छ । 



प्रहरीका अनुसार क्षमताभन्दा बढि यात्रु बोकेको बोलेरो जीप सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा कमलामाई नगरपालिका–६ का ५८ वर्षीय लक्ष्मीप्रसाद देवकोटा, गोलन्जोर गाउँपालिका ५ का २० वर्षीय रेशम कार्की, २२ वर्षीय युवराज लुङ्गेली मगर, १९ वर्षीय नवराज थापाको मृत्यु भएको प्रहरीको भनाई छ । 
जिपमा कति यात्रु थिए भन्ने यकिन तथ्याङ्क आइनसकेको र थप यात्रुको खोजतलास भइरहेको समेत प्रहरीले जनाएको छ ।

Related News