​स्थानीयको सहभागितामा संरक्षण अभियान

दृष्टि न्यूज

सिन्धुली, २८ माघ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउ“पालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्राकृतिक रुपमा फेला परेका शिव लिंङग लगाएतका विभिन्न देव देवीका आकृतिहरु सुरक्षा लागि मन्दीर  तथा धर्मशाला निर्माण गर्ने उदेश्यले स्थानीयको सहभागितामा शिव पुरण ज्ञानमहायज्ञ संचालन गरिएको छ ।
चुरे पहाड जंगलको श्रृखलामा  दुई  महिना अगाडी प्राकृतिक रुपमा फेला परेका शिव लिंङग लगाएतका विभिन्न देव देवताका आकृतिहरु सुरक्षा र संरक्षणकालागि सरकारी निकायले कुनै प्रयासको थालनी नगरेपछि स्थानीयको अगुवाईमा भार्मिक मेलाको समेत आयोजना गरी प्रचार प्रसार र मन्दीर तथा धर्माशाला निर्माणको योजना अघि सारिएको हो ।
शिव पुराण ज्ञानमहायज्ञको पुर्वाङका अबसरमा आयोजित समारोहमा नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा जनकपुर अंचल इन्चार्ज कमलजंग राई,हरिहरपुर गाउ“पलिका वडा नम्बर ८ का अध्यक्ष बालकृष्ण नेपाल लगाएतले सो अभियान सफलताको शुभकामना व्यक्त गरेका छन् ।
पुर्वाङका अबसरमा पवित्र जलले भरिएका एक सय आठ कलश यात्रा गरिएको थियो भने,  विश्वमा तमाम प्राणीको सुख शान्तिका कामनाका साथै सम्भाव्य प्राकृतिक विपतिबाट मानव मुक्तिकालागि प्रखर वाचक नविनकृष्ण ढुंगेलबाट शिवपुराण कथा प्रवचन,,हवन, ग्रहशान्ति, धान्यान्चल, गौदान,पारायण, आरती,दीपावली र भजन किर्तन लगाएतका धार्मिक कार्यक्रमहरु संचालन भैरहका छन् ।
शिवपुराण ज्ञानमहायज्ञमा सिन्धुली सर्लाही, महोतरी, धनुषा, रामेछाप लगाएतका विभिन्न जिल्लाबाट करिव २ लाख श्रद्वालु भक्तजनहरुकोे सहभागिता हुने जनाईएको छ । 
अलौंकिक रुपमा एकै साथ फेला परेका शिवलिंङग लगाएत गणेश, गढीमाई ,ईच्छामाई, चमेलीमाई,जलदेवी,हनुमान पाईला,सतीदेवी बैश्मदेवी पापधर्म मोचन,ईच्छाधारी नाग,कालीनाग, लगाएतका देवदेवीहरुका प्राकृतिक आकृतिहरुको सुरक्षा र संरक्षणकालागि शिव पुराणमा भक्तजनहरुले चढाएको भेटीले  तत्कालै मन्दीर तथा श्रद्धालु भक्तजनहरुको आवासकालागि धर्मशाला समेत निर्माण गरिने जनाईएको छ ।
सो स्थानमा शिवपुराण्को आयोजना पछि प्राकृतिक शिवलिंङग लगाएतका देवदेवीको दर्शन तथा पुजा अर्चन गर्न सिन्धुली ,सर्लाही,महोतरी रौतहट सहित भारतको बिहारबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।
प्राकृतिक रुपमा फेला परेको देवदेवीको आकृतिमा शुद्ध र पवित्र भै पुजा आराधना गर्दा भक्तजनहरुको मनोकांक्षा समेत पुरा भएपछि स्थानीय श्रद्धालु भक्तजनहरु सो स्थानमा आउने गरेका छन् । 

Related News