सिन्धुपाल्चोकमा जिप दुर्घटना, पाँचको मृत्यु

दृष्टि न्यूज

काठमाडौं ।
सिन्धुपाल्चोक जिल्लाको विकट क्षेत्रमा गएराति भएको जिप दुर्घटनामा पाँच जनाको मत्यु भएको छ । जिल्लाको पाचँ पोखरी थाङपाल गाउँपालिका सल्लेमा जिप दुर्घटना  हुदा पाँच जनाएको मृत्यु भएको हो ।
मेलम्चीबाट भोताङ जादै गरेको  लु १ च ९९९ नम्बरको जिप थाङपालकोट र थाङपालधापको सिमाना फ्याफुला डाडाँमा गएराति दुर्घटनामा परेको हो । जिप करिब ४०० मिटर तल खसी दुर्घट्नाग्रस्त भएको जनाइएको छ ।
मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ रहेको स्थानीय एक पत्रकारले बताए ।
स्थानीय प्रकाश सापकोटाका अनुसार घाइतेहरुलाई काठमाडौंको टिचिङ अस्पताल पठाइएको छ । पानी परेको कारणले बाटो बिग्रीएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा केही ढिलाई भएको थियो ।
 

Related News