​शिवम् सिमेन्टको ‘शिवम् प्लस’ ओपिसी बजारमा

दृष्टि न्यूज

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् प्लस’ ओपिसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । मजबुत तथा दिगो निर्माणका लागि ‘शिवम् प्लस’ ओपिसी सिमेन्टमार्फत उपभोक्तालाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
नेपाल गुणस्तर चिह्नका साथै आइएसओ ९००१, आइएसओ १४००१, ओएचसिएएस १८००१, आइएसआई र युआरएस प्रमाणित रहेको ‘शिवम् प्लस’ सिमेन्टमा थप अटुट कम्प्रेसिभ स्ट्रेन्थ रहेको कम्पनीले दाबी गरेको छ । ‘उत्कृष्टताको आकांक्षा, प्रगतिशील जीवनको पहिचान’ नारा रहेको यो सिमेन्ट हाललाई सीमित वितरकमार्फत मात्र बिक्री गरिरहेको कम्पनीले जनाएको छ । मकवानपुर गढी क्षेत्रमा अवस्थित आफ्नै चुनढुंगा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुंगा प्रयोग गरी उत्पादन गरिने सर्वोत्कृष्ट ‘शिवम् प्लस’ ओपिसी सिमेन्टको गुणस्तरलाई लामो समयसम्म कायम गर्नका लागि विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ गरिएको कम्पनीले जनाएको छ । 

Related News