​ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव

दृष्टि न्यूज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आव २०७४/०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ को ३०७ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आव २०७४/०७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश शेयर)  वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ  पुग्ने छ ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ  ।  ११३ अर्व निक्षेप, १०२ अर्व कर्जा लगानी रहेको  बैंकको हाल १३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, १४१ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
 

Related News