​सफ्टवेयर डेभलपर पक्राउ

दृष्टि न्यूज

काठमाडौं, २५ चैत। 
आफुले पहिलो काम गरेको कम्पनीको डाटा नष्ट गरेको आरोपमा एक सफ्टवेयर डेभलपर पक्राउ परेका छन्। इ– जोन नामक कम्पनीका पूर्व कर्मचारी कमल पाठकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। 

उनले ८५ वटा कम्पनीका डाटा नष्ट गरेको भन्दै इ–जोनले उजुरी दिएको छ। पक्राउ परेका पाठकलाई बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। 

आफुलाई जागिरबाट हटाएको प्रतिशोधमा उनले डाटाहरु नष्ट गरेका थिए। जसबाट इ–जोनलाई लाखौं घाटा लागेको थियो। 

Related News