वाम गठबन्धनमा प्रवेशको लर्को

काठमाडौं, १ मंसिर । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट वाम गठबन्धनको बहुमतको सरकार बन्ने निश्चित भएपछि देशभर उत्साहको संचार भएको छ । नेपाली कांग्रेसले २५ बर्षसम्म देशमा भ्रष्टाचार गरेका कारण विकास निर्माण हुन नसकेको महसुस आम जनताले गरेका छन् ।
देशभर वाम गठबन्धनतिर आकर्षण बढिरहेको छ । सोलुखुम्बुका पुराना नेता तथा कांग्रेसमा बिलय भएको फोरम लोकतान्त्रिकका महामन्त्री महामन्त्री सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् । गच्छेदारले आम कार्यकर्ताको भावनाविपरीत भ्रष्टाचारको पर्यायका रुपमा चिनिएको कांग्रेसमा पार्टी बिलय गरेपछि रुष्ट बनेका शेर्पा एमालेमा प्रवेश गरेपछि सोलुमा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार हेमकुमार राईको जित निश्चित भएको छ । 
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारै पर्वतमा राप्रपा पर्वतका अध्यक्ष इश्वर गिरीलाई एमालेमा प्रवेश गराएका छन् । वाम गठबन्धनमा देखिएको यो उत्साहले गर्दा कांग्रेस आत्तिएर अधिनायकवादको झुटो भ्रम छर्न तल्लीन छ ।

नवप्रवेसीहरुले एमाले मात्र देशको हित र बिकाशमा लाग्ने पार्टी भएको कारण आफूहरु एमालेमा आएको बताए । ‘एमालेबिना देशको समृद्धि संभव छैन भन्ने प्रमाणित भइसक्यो, एमालेले मात्रै देश बनाउँछ भन्ने प्रमाणित भइसक्यो,’ नवप्रवेसीहरुको भनाई थियो ।

Related News