​माया गर्न उमेर होइन, मन चाहिन्छ-नायिका स्वस्तिमा खड्का

दृष्टि न्यूज

होस्टल रिटर्न चलचित्रबाट डेव्यु गरेकी नायिका स्वस्तिमाले पाँच चलचित्रमा अभिनय गरिसकेकी  छिन् भने तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन । सुन्दर नायिकाको उपाधि पाएकी स्वस्तिमा खड्का पछिल्लो समय म्युजिक भिडियोमा भन्दा पनि सिनेमामा नै व्यस्त हुने गरेकी छिन । चर्चित र लोकप्रिय नायिका स्वस्तिमा खडकाको चर्चा फिल्म क्षेत्रभन्दा बाहिर पनि हुने गरेको छ । रुपसँगै व्यक्तित्व, प्रस्तुती शैलीका कारण उनका अभिनयको प्रशंसकहरु पनि बढेका छन  । उनै २३ बर्षीया नायिका स्वस्तिमासँग रेजिना पाण्डेको जम्काभेट :
धैरै नै व्यस्त देखिनुहुन्छ नि ? 
हो , चलचित्र कै काममा व्यस्त छु । कामको चाप अलि बढी छ । 
अहिले के केमा व्यस्त हुनुहुन्छ ? 
भर्खर मात्र ‘नाई न भन्नुको ल–५’ को सुटिङ सकाएर अरु कामहरु गरिरहेको छु । 
नाई न भन्नु ल–५ कहिले प्रदर्शनमा आउँछ ?
शायद भदौमा हुन्छ होला । मेरो अर्को चलचित्र ‘जय भोले’ चाहिँ दशैमा प्रदर्शनमा आउँदैछ । 
तपाईंले अभिनय गरेको कुटुमा कुटु सुपारी दाना...,  न समाउ नारीमा... भन्ने गीत निकै चल्यो नि कस्तो अनुभूति भइरहेको छ ?
खुशी र उत्साहित दुवै छु । साथै जिम्मेवारी पनि थपियो भन्ने अनुभूति भइरहेको छ । यो दुबै गीत अहिलेसम्म कै सुपर हिट बन्यो । शायद यसको शव्द र संगीत राम्रो भएकोले दर्शकहरुले धेरै नै रुचाउनु भएजस्तो लाग्छ । 
तपाईंको चलचित्र होस्टेल रिटर्न झै तपाईंको  आगामी चलचित्रले उतिकै सफलता पाउला  ?
पाउँछ, यी दुई चलचित्रहरु पनि निकै राम्रो बनेको छ । राम्रो टिम राम्रो बिषय कथावस्तु दशर्कले पाउनुहुन्छ, मैलै राम्रो काम गरेको छु नयाँ पन पाउँनुहुन्छ । 
यी चलचित्रहरुमा तपार्इंको कस्तो भूमिका छ ? 
मैले मेरो भुमिकाको बारे भन्नुभन्दा पनि दशर्कले नै मुल्याङ्कन गर्नुहुन्छ । मेरो अभिनयको बारेमा मैलै राम्रो टिमसगँ राम्रो काम गर्ने प्रयास गरेको छु । दुवैमा अलग अलग भूमिका छ । अलग अलग टेष्ट पनि पाउनुहुन्छ । 
निमार्ता निर्देशकहरु स्वस्तिमा नै मन पराउँछन् किन होला ?
यसमा म भाग्यमानी सम्झन्छु । मेरो कामलाई मनपराएर नै हुन सक्छ । 
छोटो अवधिमै चर्चा पाउनुको कारण ? 
फिल्मी क्षेत्रमा दशर्क स्रोताले राम्रो मुल्याङ्कन गरिदिएर नै होला । 
बाल्यकालदेखि नै कलाकार बन्छु भन्ने थियो ?
मेरो कुनै पनि योजना थिएन । अचानक नै सबै भएको हो । बाल्यकालको सोच भन्दा पनि मिस टिनमा सहभागी भएपछि  टप–५ मा आए । त्यसपछि म्यूजिक भिडियो गर्दै गएँ । त्यहीबीचमा चलचित्र ‘होस्टेल रिटर्न’ को अफर आयो काम गरे । 
विवाह त चाँडै गर्नु भयो नि किन ? 
हो, मलाई पनि लाग्छ । बिवाहको लगन बैलैमा जुरेर पनि हुन सक्छ । 
चाँडै विवाह गरेकोमा पछुतो त छैन नि ? 
छैन मन मिलेर नै बिवाह गरेको हुँ । 
तपाई भन्दा निश्चलजी १४ वर्ष जेठो हुनुहन्छ  तर पनि मन मिल्यो ? 
माया लगाउनलाई उमेर भन्दा पनि मन मिल्नुपर्छ । मेरो मन उसैसँग मिल्यो, विवाह भयो ।
उहाँको कुन कुराले तपार्इंलाई आकर्षण ग¥यो ? 
समझदार हुनुहुन्छ, मिलनसार साथै मेरो भवनाको इज्जत गर्नुहुन्छ । 
श्रीमानसँग घुम्न कत्तिको मनपराउनु हुन्छ 
फुर्सदमा घुमिन्छ । धेरै घुम्ने त्यति फुर्सद पाएको भने छैनौ । कामको व्यस्ताले गर्दा ।
आमा बन्ने कुनै प्लान छ कि ? 
अहिलेलाई छैन । पहिले करिअर नै बनाउँकी भन्नेमा हामी छौ ।
कतै आमा बनेपछि चलचित्र क्षेत्रमा आफनो डिमाण्ड घट्छ भनेर त होईन ? 
होइन,  आमा बन्नेहरु पनि त सिनेनगरीमा काम गरिहेकै छन् ।
तर धैरै स्थापित भएका महिला कलाकारहरु त विवाहपछि हराएका  छन् नि  ?
हो, शायद उहाँहरु आफ्नै कारणले गर्दा पनि हुनसक्छ । 
भविष्यमा चलचित्र क्षेत्रमा नै बस्ने कि अरु कुनै योजना छ ? 
सकुन्जेल श्रीमानसँगै मिलेर चलचित्र क्षेत्रमा निरन्तरता दिने सोच छ । 

Related News