सौर्य एयरलाइन्जको जहाजमा चरा ठोक्कियो

दृष्टि न्यूज

काठमाडौं ।
काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग जहाज ठोक्किएर ग्राउण्डेड हुने समस्यापछि अब बिराटनगरमा पनि त्यस्तो समस्या देखिएको छ । आज काठमाडौबाट बिराटनगर आउँदै गरेको सौर्य एयरलाइन्ससँग चरा ठोक्किन पुगेको छ । सोमबार दिउँसो विराटनगर आउने क्रममा जहाजमा चरा ठोक्किएको विमानस्थलले जानकारी दिएको छ । 
चरा ठोक्किए पनि जहाज सकुसल अवतरण गरेको छ । जहाजलाई विमानस्थलमा ग्राउण्ड गराइएको छ । विमानमा सामान्य क्षति भएको विराटनगर विमानस्थलले जनाएको छ ।

Related News