​एसपी ढकालले ल्याए म्युजिक भिडियो (भिडियोसहित)

दृष्टि न्यूज

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत एसपी भीम ढकाल गीतकारका रूपमा देखा परेका छन् । ‘मेरो सपनाको राजा तिमी’ बोलको गीतमार्फत् उनी नेपाली साँगीतिक बजारमा प्रवेश गरेका हुन् । 
आनन्द राईको संगीत रहेको उक्त गीतमा युवा पुस्ताकी चर्चित गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ ।
उक्त गीतको म्युजिक भिडियो पनि युटुुबमार्फत् सार्वजनिक भएको छ । युवा निर्देशक युवराज वाइबाले निर्देशन गरेको सो भिडियोमा मोडलद्वय निराजन प्रधान र एलिसा राईको मुख्य अभिनय रहेको छ ।  कोरियोग्राफर मनिता गहतराजको कोरियोग्राफी र क्यामेरामेन नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् ।  


Related News