​स्पेनी फुटबल टोलीको प्रशिक्षकमा लुइस नियुक्त

दृष्टि न्यूज

मड्रिड । बार्सिलोना फुटबल क्लवका पुर्वप्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो । 
विश्वकप फुटबल प्रतियोगितामा अनपेक्षित असफलता भएकाले राष्ट्रिय फुटबललाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने भन्दै उनलाई हटाइएको अधिकारीहरूले जनाएका छन् । 
‘लुइस इन्रीक आगामी दुई बर्षका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा निर्विरोध नियुक्त भएछ,’ स्पेनी फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेजले भनका छन् ।  ४८ बर्षीय  लुइसले स्पेनको फुटबल टोलीलाई प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको उनले बताए । लुइसको लामो समय फुटबल क्षेत्रको अनुभव छ । रूसमा भएको विश्वकप फुटबलमा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो भने विश्व वरियतामा पनि ७०औं स्थानमा परेको थियो । 

Related News