​सिर्जनाको स्वरमा रिमाको पिडा

दृष्टि न्यूज

काठमाडौं, ३ जेठ ।
गायिका सिर्जना गुरुङको स्वरमा ‘किन दुख मान्छौं’ बोलको गीत सार्वजनिक भएको छ । 
युट्युबबाट सार्वजनिक गरिएको यस गीतमा विपी वाग्लेको शब्द संगीतमा   सिर्जना गुरुङले मधुर स्वर दिएकी हुन् । गीतमा रिमा विश्वकर्मा र दिपक काफ्लेको अभिनय रहेको छ । पिडा बोल्ने गीतको एरेन्ज भने विष्णु अधिकारीले गरेका हुन् । गीतलाई युवराज वाईवाले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन् ।
निशान्त घिमीरेको समपादन रहेको ‘किन दुख मान्छौं’ गीत सिर्जना गुरुङको यो पहिलो गीत हो । पत्रकारितासँगै गायनमा लागेकी उनी विस्तारै गायन क्षेत्रमै लाग्ने बताएकी छन् । 

Related News