स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको १३औँ साधारणसभा सम्पन्न

काठमाडौं, २७ पुस । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको १३औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभामा बैंकका अध्यक्ष जितेन्दर अरोराले नेपालको आर्थिक विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । बैंकले गत आवमा १ अर्ब ४२ करोड नाफा आर्जन गरेको छ भने सोही अवधिमा  निक्षेप ६३ अर्ब पुगेको जनाएको छ । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व छ ।

Related News