प्रदेश नं १ को संसदमा सम्बोधन गर्दै प्रम ओली

दृष्टि न्यूज

काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व नेपाल अर्थात प्रदेश नं १ को संसदमा सम्बोधन गर्न जादैछन् । आज मध्यान्ह प्रम ओली प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा पुगेर सम्बोधन गर्न लागेका हुन् । केही दिन पहिले प्रम ओलीले प्रदेश नं ३ को अस्थायी राजधानी हेटौडा पुगेर त्यहाँको संसदलाई सम्बोधन गरेका थिए । 
त्यस्तै प्रम ओलीले प्रदेश नं ५ को संसदलाई समेत सम्बोधन गरिससकेका छन् । आजको सम्बोधनमा नेपालको पूर्वी क्षेत्रको विकास र समृद्धिका विषयमा मन्तव्य राख्ने विश्वास गरिएको छ ।

Related News