​पुल बगाएपछि १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित

दृष्टि न्यूज

दार्चुला । गएराति अविरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि नौगाड गाउँपालिका–६ स्थित जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । 
विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएकाले परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जनाएका छन् । 
बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । 
जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताए । 

Related News