​सुन काण्डमा संलग्न भन्सारका दुई कर्मचारी पक्राउ

काठमाण्डौ, २८ पुस । सुन काण्डमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी)ले भन्सारका दुई अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भन्सार एयरर्पोट भन्सारका तथ्याङ्क अधिकृत श्रीनारायण यादब र करारमा कार्यरत रेडियो टेक्नीसियन राजकुमार ढकाल रहेको श्रोतले बताएको छ ।
सीआईबी स्रोतका अनुसार कर्मचारीद्वय यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो । यादव र ढकालको सुन तस्करसँग मिलेमतो देखिएकाले थप अनुसन्धान पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ ।
सीआईबीले पहिला सुनको मालिक पक्राउ गर्ने पछि यसमा साथ दिने कर्मचारीलाई समेत कार्वाहीको दायरमा ल्याउने बताइरहेको छ ।
यसअघि मंगलबार रातीको कार्वाहीमा भरियाको रुपमा प्रयोग भएका २ जनालाई काभ्रेबाट नियन्त्रणमा लिइएको थियो । उनीहरुकै बयानका आधारमा भन्सारका कर्मचारीहरु पक्राउ परेको स्रोतको दावी छ ।
३४ किलो अवैध सुन दुबईबाट ल्याइएको र त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो सुनसहित तीन जना भरियालाई सीआईबीको टोलीले गत बिहीबार पक्राउ गरेको थियो । 

Related News