​सुन तस्करीका मुख्य कारोबारी नजिक पुगेको सीआईबीको दाबी

काठमाण्डौ, २८ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अबैध सुन तस्करीका मुख्य नाईकेको नजिक पुगेको सीआईबी श्रोतले बताएको छ ।
श्रोतका अनुसार आज बिहान साढे तीन बजे मोबाईल कल डिटेलका आधारमा अबैध सुन ओसार पसार कार्यमा संलग्न रामहरि कार्कीलाई पक्राउ गरेको हो । कार्कीको बयानको आधारमा आजै एयरपोर्ट भन्सारका तथ्याङ्क अधिकृत श्रीनारायण यादब र करारमा कार्यरत रेडियो टेक्नीसियन राजकुमार ढकाल रहेको श्रोतले बताएको छ ।
सीआईबी स्रोतका अनुसार यादव र ढकाल सुन तस्करीको सम्पर्कमा रहेकाले अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ । यादब र ढकालका बयानका आधारमा भन्सारका प्रमुख प्रशासक नारायण सापकोटा प्रमुख भन्सार अधिकृत टंक पौडेल पनि तानिने श्रोतको दाबी छ ।

Related News