​सुन्दरीको जालमा भिआईपी

काठमाडौं, १६ माघ । पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई हालै पक्राउ गरेको छ ।  
धादिङकी सन्ध्या खड्कालाई प्रहरीले पक्राउ गरेको हो । सो समूहले फेसबुकमार्फत धनाढ्यहरुसँग नजिक हुने र प्रेमको नाटक गरी रोमान्स गरेपछि ब्लाकमेल सुरु गर्ने गर्दछन् । सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएको भन्दै एक व्यापारीले प्रहरीमा उजुरी गरेका छन् । सोही आधारमा अपराध महाशाखाले खड्कालाई पक्राउ गरेको हो । 
उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपी युवतीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएका छन् । 

Related News