​मकवानपुरको फाखेलमा सनराइजको शाखारहित सेवा

काठमाडौं । सनराइज बैंकले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । फाखेलसहित बैंकका शाखारहित सञ्जाल १८ पुगेका छन् । शाखारहित बैंकिङ सेवा उद्घाटन इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले गरेका थिए । शाखारहित बैंकिङ सेवाका प्रतिनिधि धनवीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन गाउँपालिका अध्यक्ष लामा र बैंकको फर्पिङ शाखा प्रबन्धक गोेविन्द महर्जनले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
पोइन्ट अफ सेल मेसिनका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

Related News