​मध्यान्तरमा स्वस्तिमाको इन्ट्रि

दृष्टि न्यूज

काठमाडौं, २९ जेठ ।
फिल्म ‘छक्का पञ्जा–३’मा अभिनेत्री स्वस्तिमा खड्काको पनि इन्ट्रि भएको छ । यसअघि निर्माणपक्षले स्वस्तिमालाई अँटाएको थिएन । फिल्मको स्क्रिप्टअनुसार स्वस्तिमालाई फिल्ममा अँटाउन नसकेको बताइएको थियो ।
यो फिल्म यतिखेर पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको । यसैबेला अभिनेत्री स्वस्तिमा फिल्ममा ज्वाइन भएकी हुन् । फिल्मको केही दृश्यसँगै एक गीतमा उनलाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले बताएकी छन् । 
स्वस्तिमाको इन्ट्री भएसँगै दर्शकमा फिल्मप्रति थप कौतुहलता बढेको छ । ‘छक्का पञ्जा–२’ मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्म दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउँने बताइएको छ । 
यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइराला र स्वस्तिमाको मुख्य अभिनय रहने भएको छ ।

Related News