राष्ट्रपतिसँग स्विस राजदूतको बिदाइ भेट


काठमाडौं, २८ जेठ । स्विट्जरल्यान्डका राजदूत डा. उर्स हरेनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच रहँदै आएको आपसी सम्बन्ध, सहयोग र हितलगायत विषयमा छलफल भएको थियो । राजदूत हरेनले नेपालमा रही निर्वाह गरेको भूमिकाको सराहना गर्दै राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 

Related News