​स्याङ्जा जिल्ला समितिमा एमालेको पूरै सेट बिजयी

स्याङ्जा, २५ साउन । जिल्ला समन्वय समिति स्याङ्जाको बुधबार सम्पन्न निर्वाचनबाट नेकपा (एमाले)को समूह विजयी भएको छ ।  समन्वय समितिको प्रमुखमा एमालेकी वैकल्पिक केन्द्रीय सदस्य सीताकुमारी सुन्दास निर्वाचित भएकी छिन् । 
उपप्रमुखमा एमालेका दिलीपकुमार बगाले विजयी भएका छन् । समन्वय समिति सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका धनमाया विक, विष्णु चन्द, गुमानसिंह थापा, सीता थापा, टीकाकुमारी डुम्रे, विष्णुप्रसाद आचार्य, तेजेन्द्र सुनार विजयी भएका छन् । 
एघारवटा स्थानीय तहका २२ पदमध्ये एमालेका १५ प्रमुख उपप्रमुख बिजयी भएका छन् भने कांगे्रेसका ७ बिजयी भएका थिए । एमालेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले १५ मत पाएका थिए भने कांग्रेसकाले ७ मत प्राप्त गरेका थिए ।

Related News