​ज्वाइँको रड प्रहारबाट ससूराको मृत्यु

दृष्टि न्यूज

स्याङ्जा ।  ज्वाइँले रडले प्रहार गर्दा घाइते भएका स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको मृत्यु भएको छ । 
निजकै आफ्नै छोरी ज्वाइँ खुमबहादुर थापाले १७ असारको राति रड प्रहार गरेका थिए । त्यसपछि घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 
छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको फिस्टेल अस्पताल पोखरामै उपचार भइरहेको जनाइएको छ । रड प्रहार गर्ने मृतकका ज्वाइँ खुमबहादुरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

Related News