​टि–२० मा नेपालद्वारा भुटान ११७ रनले पराजित

दृष्टि न्यूज

काठमाडौं ।
आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गतको खेलमा नेपालले भुटानलाई भारी मतान्तरले पराजित गरेको छ । छनौट चरण अन्तर्गत एशिया छनोट  समूह ‘बी’ मा नेपालले भुटानलाई पराजित गर्दै लगातार चौथो जित हासिल गर्न सफल भएको छ । 
अपराजित रहेको नेपाल प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । 

नेपालले मंगलबार भएको खेलमा भुटानलाई नेपालले १ सय १७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा रहेको भुटान जम्मा ३३ रनमा अल आउट हुन पुगेको छ । 

भुटानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट लिएका थिए । त्यस्तै, ललितले पहिलो ओभरमै २ विकेट लिएका थिए । उनले ४ ओभरमा २ मेडन राख्दा ४ रन मात्र खर्चिएपछि भुटान चर्को दवावमा परेको थियो । सन्दीपले पनि ४ ओभरमा २ मेडन ओभर फ्याँक्दा ६ रन खर्च गरेका थिए । त्यस्तै खेलमा बसन्त रेग्मीले २ विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिएर खेललाई सानदार बिजयको रुपमा टुंग्याएका छन् ।

Related News