​टि–२० विश्वकप छनौटमा नेपालद्वारा मलेसिया पराजित

दृष्टि न्यूज

काठमाडौं ।
आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पार्दै मलेसियालाई पराजित गर्न सफल भएको छ । शनिवार भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

निर्धारित समयमा मलेसियाले दिएको १ सय १ रनको लक्ष्य १२.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोडे। पारसले ३७ बलमा ५ चौका र २ छक्का तथा ज्ञानेन्द्रले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनरद्वय अनिलकुमार साह १  रन र विनोद भण्डारी १२ रनमा आउट भए । 

बलिङमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे । 

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । 

Related News