​तलबको विवादमा होटल सञ्चालकका छोराको चालकद्वारा अपहरणपछि हत्या

दृष्टि न्यूज

काठमाडौं, १३ मंसिर । 
राजधानीमा धेरैलाई स्तब्ध बनाउने गरी बालकको अपहरणपछि हत्या भएको छ । गोंगबुमा होटल चलाउने प्रवीण कुँवरका ८ वर्षिय छोरा प्रयासको मंगलबार अपहरणपछि हत्या गरेका हुन् । अपहरण र हत्या गर्ने उनको चालक महेन्द्र सार्की हुन् । 

थोरै तलब दिएको र गाली गरेको रिसमा आफूले हत्या गरेको उनले बताएका छन् । सार्कीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । 
उनले हत्या गरी बालकको शव सामाखुशीस्थित खोलामा फालेका थिए । एक महिनाअघि मात्र सार्की सो होटलको बोलेरो गाडी चलाउन नियुक्त भएका थिए । तर, राम्रो काम नगरेपछि मालिकले गाली गर्दथे । सोही रिसमा उनले बालकको क्रुर हत्या गरेका हुन् । यस्तो खालको अपहरण र हत्या घटना नौलो भएको प्रहरी अधिकारीहरु बताउँछन् । 

Related News