​हुम्लाको सिमिकोटमा तारा एयरको जहाज दुर्घटना

विमानमा चालकदल र निर्वाचनमा खटिएका सुरक्षाकर्मी सवार

हुम्ला १२ मंसिर । तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर  विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमानमा निर्वाचनमा खटिएका प्रहरी सवार थिए । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । विमान नजिकैको खेतमा खसेको छ । विमानको अगाडिको भागमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।
घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए ।

Related News