तस्करीका नाइके जोगिए

काठमाडौं, ६ भदौ । भैरहवा भन्सार कार्यालयबाट कीर्ते प्रज्ञापनपत्रका आधारमा तस्करीमा सहयोग गर्ने चार कर्मचारी निलम्बनमा परेका छन् भने एक भन्सार एजेन्ट जेल चलान भएका छन् । तस्करीका मुख्य योजनाकार हेम चौलागाई र राजु थापा हुन् । भैरहवा भन्सारबाट हुने सबै तस्करीको सेटिङ मिलाउने काम चौलागाई र थापाले गर्दैआएका छन् । तर दाहाललाई जेल चलान गरिएको छ । भैरहवा भन्सारका तस्करीका नाइके चौलागाई र थापालाई जोगाएर दाहाललाई जेल हालिएपछि धान खाने मुसो चोट पाउने भ्यागुतोको उखान चरितार्थ भएको छ ।
 पूर्वअर्थमन्त्री बर्षमान पुनसँग घनिष्ट सम्बन्ध भएका चौलागाई र थापाले भन्सार कार्यालय भैरहवादेखि सबै कार्यालयमा कर्मचारी सरुवादेखि नै सेटिङ गर्दै तस्करी संजाल संचालन गर्दैआएका छन् । तर जेल चलान सोझा भन्सार एजेन्ट दाहाल भएका छन् । चौलागाई र थापाले अह«ाएको काम गर्ने दाहाललाई जेल चलान गरिएपछि उनका छोराले आफ्ना निर्दोष बाबुलाई फसाएको गुनासो गरेका छन् । भैरहवा भन्सार प्रमुख भूपाल शाक्यलाई निलम्बन गरिएको छैन । भन्सार प्रमुख शाक्यको नेतृत्वमा नै कीर्ते प्रज्ञापनपत्रमा तस्करी हुँदैआएको समाचार दृष्टिले उजागर गर्दैआएको छ ।  

Related News