दशैँको अवसरमा नेपाल टेलिकमको छुट के–केमा ?

दृष्टि न्यूज

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान् चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि अनमिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल÷एफटीटीएच÷वाइम्याक्स तर्फका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ  ।
अनलिमिटेड प्याक : यस अफरअन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु ६०० मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराउने भएको छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राति १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु ३०० मा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने जनाइएको छ । 
भ्वाइस प्याक : यस अन्तर्गत रु ६ मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने जनाइएको छ ।
डाटा प्याक : यसअन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने टेलिकमले जनाएको छ ।   

रिचार्जमा बोनस : आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । 
एडीएसएल/एफटीटीएच/वाइम्याक्सतर्फ : आगामी असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल÷एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ । 

Related News