​टेलिकमको फोरजी सेवा फाइभ जी बराबर हुने

दृष्टि न्यूज

काठमाडौं, ६ पुस । 
सम्झौता सम्पन्न भएको ९ महिनाभित्र सेवा संचालन गरी ३० महिनाभित्र आयोजना सम्पन्न गर्नेगरी नेपाल टेलिकमले बहुचर्चित फोरजी सेवा छिट्टै संचालनमा ल्याउने भएको छ । यसअघि नै मुलुकभर दु्रतगतिको डाटा इन्टरनेट सेवा उपलब्ध गराउने फोरजी प्रविधिमा टेलिकमलाई लैजान खोज्दा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई निकै असहजता सृजना गरिएको थियो ।
सरकार नियन्त्रित संचार संस्था भएकाले हरेक निर्णयहरु बोर्डबाट स्वीकृति लिनपर्ने र कानुनी प्रावधान समेत पु¥याउनुपर्ने भएकै कारण निजी दूरसंचार सेवा प्रदायक कम्पनीको तुलनामा टेलिकम फोरजी प्रविधिमा जान ढिलाइ हुन पुगेको स्रोतको भनाइ छ । प्रारम्भमा ६५ लाख ग्राहक क्षमता र सातै प्रदेशका सम्पूर्ण गाउँ र नगरमा फोरजी सेवा पु¥याउने महत्वाकांक्षी योजना टेलिकमको रहेको बताइन्छ ।
करपछिको खुद मुनाफा पछिल्लो आ.व. मा १५ अरब भन्दा माथि पु¥याउन सफल प्रबन्ध निर्देशक राजभण्डारीका पालामा प्रारम्भ हुने फोरजी सेवाबाट सेवा र राजस्व बृद्धिमा ठूलै योगदान पुग्ने विश्लेषण संचार विज्ञहरुको छ । प्रबन्ध निर्देशक राजभण्डारीको कार्यक्षमतालाई नजिकबाट नियालिरहेका एक विज्ञ भन्छन्–‘प्रबन्ध निर्देशकले टेलिकमभित्र ‘फ्री ह्यान्ड’ काम गर्न पाउने हो भने अहिलेको तुलनामा टेलिकमको एकै सालमा डेढ गुणाले फड्को मार्नेछ । उनलाई एकातिर राज्यबाट र अर्कोतिर आफ्नै केही कर्मचारीबाट आशातीत सहयोग प्राप्त हुन सकेको छैन । उनलाई काममा सबैतिरबाट पूर्णतया सहयोग प्राप्त हुने हो भने उनकै कार्यकालमा नै कायापलट हुनेछ । वास्तवमा सरकार र टेलिकमले उनको क्षमताको भरपूर उपयोग गर्न सकेको छैन ।’ 
VOLTE  (भ्वाइस ओभर सर्भिस), VILTE (भिडियो ओभर सर्भिस) Small cell with wifi, High Speed data 850, 2300 र 18000 मेघाहर्ज फ्रीक्वेन्सी ब्यान्डमा रहेर क्यापासिटी, कभरेज र Hotspots समेत ५ वटा फिचर संचालनको तयारीका लागि टेलिकमले टेण्डर गरिसकेको छ । टेलिकमको यो फारेजी सेवा अन्य दूरसंचार सेवा प्रदायक कम्पनीले निकट भविष्यमा संचालनमा ल्याउने फाइभ जी सेवा बराबर हुने विज्ञहरुको भनाइ छ । दृढ इच्छाशक्तिका आधारमा प्रबन्ध निर्देशक राजभण्डारीले निकै अघि फोरजी सेवा संचालनमा ल्याउने तयारी गर्दा पनि राजभण्डारीलाई आफ्नो क्षमता प्रदर्शन गर्नबाट रोक्न विभिन्न खाले खेलहरु भएका थिए । त्यसलाई चिर्दै टेलिकम बोर्डले हालैमात्र फोरजी सेवा संचालनमा लैजाने निर्णय लिएको हो । 
आजै वा भोलि नै हटाउने जस्ता बजार हल्ला फिंजाएर काममा निरुत्साहित गर्ने एउटा समूह संंगठित रुपमै क्रियाशील रहेको पाइन्छ । सरकार परिवर्तनको ‘ट्रान्जिट प्वाइन्ट’ को समय छानेर उक्त बजार हल्ला फिंजाउन संचार उपकरण माफिया समेत संलग्न रहेको स्रोतले दृष्टि अनलाइनलाई बतायो ।
स्रोतले थप्यो, अहिले टेलिकमलाई कमजोर बनाएर एनसेललाई उकास्ने अभियानै थालेको पाइएको छ । उक्त खेलमा संचार उपकरण माफिया समेत सामेल छन् ।
हट्ने हटाउने वा हटाइने जस्ता बजार हल्लाका पछाडि नलागी प्रबन्ध निर्देशक राजभण्डारी देशभर फोरजी सेवा संचालन गर्न, मध्यपहाडी लोकमार्गका अप्टिकल फाइबर बिछ्याउनेदेखि मुलुकका दूरदराजमा टेलिफोन सेवा पु¥याउने अभियानमा तीव्र रुपमा लागेकी छिन् । काम गर, फलको आशा नगर भन्ने गीतामा भनिएझैं आफ्ना विरुद्ध को कुन रुपमा लागेको छ भन्ने प्रवाह नगरी क्रियाशील राजभण्डारीको लक्ष्य आफ्नो काममा एउटी महिला कति सक्षम र क्रियाशीलतापूर्वक लाग्न सक्दिरहिछन् भनेर देखाउने उद्देश्य नै रहेको उनको कामको लगावले देखाउँछ । स्मरण रहोस्, राजभण्डारी प्रबन्ध निर्देशक भएपश्चात् काठमाडौं र पोखरामा भने फोरजी सेवा यसअघि नै प्रारम्भ भइसकेको छ ।

Related News