​दुतावासको कर्मचारी हुँ भन्दै ठग्ने सिटौला फन्दामा

दृष्टि न्यूज

काठमाडौैं, १७ साउन। 
काठमाडौंमा थरी थरीका ठग छन्। एक व्यक्तिले विभिन्न चर्चित व्यक्ति आफु हुँ भन्दै दर्जनौंलाई ठगी गरेका छन्।   
नुवाकोट पञ्चकन्या– ५ का हरि प्रसाद सिटौलाले कसैलाई आफु दुतावासको कर्मचारी बताउँथे भने कसैलाई चिकित्सक हुँ भन्थे। कतिपयलाई आफु अर्थशास्त्री   पिताम्बर शर्मा हुँ समेत भन्न भ्याएका थिए। 
आफु चर्चित व्यक्ति भएको बताएपछि प्रभाव पार्न सकिने भएकाले उनले यस्तो तरिका अपनाएका थिए। यसरी प्रभावमा पारेपछि उनले जागिर लगाइदिने बताउँथे र पैसा असुल्थे। 
अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार दुतावास तथा अस्पतालमा जागिर लगाइदिने भन्दै उनले पैसा लिइ धेरैलाई ठगी गरेका छन्। 
उनले सुवास सिटौला, पिताम्बर शर्मा तथा डा सुरेश उप्रेती हुँ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। पैसा लिने र झुलाउने गरेपछि पीडितहरुले प्रहरीमा उजुरी गरेका हुन्। अपराध महाशाखाले उनलाई बुधबार बालुवाटारबाट पक्राउ गरेको हो। 
 

Related News